२०८३ कात्तिक १० गते सोमबार

बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु

बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक १२ गते शनिबार १२:४३

घटनामा तिलागुफा नगरपालिका–१० रानावाडका ७ वर्षीय कमल थापा, ५ वर्षीय मुस्कान थापा, ३ वर्षीया दर्शना राना रहेको प्रहरीले जानकारी दिएको छ ।

कालीकोट
कालीकोटमा बम विस्फोट हुँदा २ बालिकाको ज्यान गएको छ । कालीकोटको तिलागुफा नगरपालिका–१० रानावाडामा बम विस्फोट हुँदा ३ जना घाइते भएका छन् ।

स्थानीय कोदोबारीमा बम विस्फोट हुँदा ४ वर्षकी बालिका झरना थापाको र ४ वर्षकै सरस्वती रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले बताएको छ । प्रहरीका अनुसार झरनाको घटनास्थल र सरस्वतीको उपचार क्रममा निधन भएको हो ।

सरस्वतीको सुर्खेतमा उपचारका क्रममा ज्यान गएको हो । घटनामा तिलागुफा नगरपालिका–१० रानावाडका ७ वर्षीय कमल थापा, ५ वर्षीय मुस्कान थापा, ३ वर्षीया दर्शना राना रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई उपचारका लागि हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति २०७९ कात्तिक १२ गते शनिबार १२:४३
हजुरको प्रतिक्रिया