काठमाडौं
दक्षिण कोरियाको राजधानी सोलमा भागदौड मच्चिँदा कम्तीमा १ सय ४९ जनाको मृत्यु भएको छ भने ७६ भन्दा धेरै घाइते भएका छन् । शनिबार साँझ दक्षिण कोरियाको राजधानी सोलमा भागदौड मच्चिँदा कम्तीमा पनि १४९ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।
राजधानी सोलको एक नाइट स्पटमा ठूलो संख्यामा हलोविन मनाउनका लागि मानिसहरू जम्मा भएका थिए । कोभिड–१९ महामारीपछिको यो नै पहिलो हलोविन भएकाले पनि धेरै मानिसहरू जम्मा भएको बताइएको छ । रिपोर्टका अनुसार यहाँ करिब १ लाख मानिस भेला भएका थिए ।
मृत्यु भएका अधिकांश किशोर÷किशोरी भएको अधिकारीले बताएका छन् । भागाभाग हुन थालेपछि प्रहरीलाई समेत उक्त भागदौड रोक्न मुस्किल परेको थियो ।
घाइतेहरूको उपचार अस्पतालमा भइरहेको छ । भागदौडका कारण सयौंलाई हृदयघात भएको बताइएको छ । घटनाको कारण भने अझै खुलिनसकेको समाचार एजेन्सी योनहेपलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।
साभार इकान्तिपुर डटकम ।
प्रकाशित मिति २०७९ कात्तिक १३ गते आइतबार ०८:२०