२०८३ कात्तिक ११ गते मंगलबार

मोरङमा १४ वर्षीय बालकको हत्या

मोरङमा १४ वर्षीय बालकको हत्या

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक १४ गते सोमबार ०९:३९

छुरा प्रहारबाट गम्भीर घाइते भएका दियुसको उपचारका क्रममा बिर्तामोडस्थित बि एन्ड सी अस्पतालमा आज बिहान निधन भएको प्रहरीले जनाएको छ ।

 

मोरङ

मोरङमा छठ पर्वको बेलामा एक बालकको हत्या भएको छ । मोरङको उर्लाबारी नगरपालिका–७ मावा खोलामा छठको पूजा हेर्न गएका झापाको दमक नगरपालिका–१० आमवाडीका १४ वर्षीय दियुस श्रेष्ठको हत्या भएको हो । धनबहादुर श्रेष्ठका छोरा दियुसलाई छुरा प्रहार गरेर हत्या गरिएको मोरङ प्रहरीले जनाएको छ ।

दियुसमाथि आइतबार राति छुरा प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका दियुसको उपचारका क्रममा बिर्तामोडस्थित बि एन्ड सी अस्पतालमा आज बिहान निधन भएको प्रहरीले जनाएको छ । बालकको हत्या गर्नेको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति २०७९ कात्तिक १४ गते सोमबार ०९:३९
हजुरको प्रतिक्रिया