२०८३ असोज २३ गते शुक्रबार

पृथ्वीराजमार्ग विस्तारका लागि ४ सय ६६ रुख काटिने

पृथ्वीराजमार्ग विस्तारका लागि ४ सय ६६ रुख काटिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २५ गते शुक्रबार ११:०९

आयोजनाका वातावरण विज्ञ युवराज ढकालका अनुसार ९० प्रतिशत रुख कटान भइसकेको छ ।

तनहुँ । पृथ्वी राजमार्ग सडक विस्तारको काम तीव्र रुपमा भइरहेको छ । यो क्रममा अब ४ सय ६६ रुख काटिने भएका छन् । यसअघि मुग्लिन–पोखरा सडक आयोजनाले सडकका दायाँबायाँ रहेका ४ हजार २ सय ५ रुख कटान गरिसकेको छ ।

आयोजनाका वातावरण विज्ञ युवराज ढकालका अनुसार ९० प्रतिशत रुख कटान भइसकेको छ । बाँकी रहेका रुखमध्ये पनि सकेसम्म बचाएर काट्ने योजना रहेको उउनले बताए । “सबै रुख नकाटिन पनि सक्छन्” उनले भने” काट्नैपर्ने रुख मात्रै कटान गरेर बचाउन सकिने रुख बचाउनेतर्फ आयोजनाले योजना बनाएको छ ।”

सडक विस्तार गर्न बिजुलीका पोल, पानीका पाइप र टेलिफोनका तार बाधक बनेका छन् । यस सडक खण्डमा २ हजार ४ सय बिजुलीका पोल र ३९ किलोमिटर खानेपानीको पाइप हटाउनु पर्ने उनले बताए। सडक विस्तारका क्रममा सडकका दायाँबायाँ रहेका घर गोठ भत्काइँदा साढे आठ करोड रुपैयाँ क्षतिपूर्ति वितरण गरिसकेको ढकालले जानकारी दिए ।

व्यक्तिगत संरचना ७ सय ६७ र हाउसहोल्ड आठ सय दश भत्काइएका छन् । आईपीएसमार्फत क्षतिपूर्ति रकम भुक्तानी गरिएको छ । जग्गाधनी पुर्जा भएका र नभएकाबीच कुनै विभेद नगरि क्षतिपूर्ति दिइने योजना बनाइएको ढकाल बताउँछन्। क्षति भएका व्यक्तिलाई पुनर्वास योजनामा राखेर आयमूलकतर्फ केन्द्रित गरिने उनको भनाइ छ ।

प्रकाशित मिति २०७९ कात्तिक २५ गते शुक्रबार ११:०९
हजुरको प्रतिक्रिया