२०८३ कात्तिक १० गते सोमबार

युक्रेनमा रूसी आक्रमणको जी-२० सम्मेलनमा भर्त्सना, खाद्य सुरक्षा मुख्य एजेण्डा

युक्रेनमा रूसी आक्रमणको जी-२० सम्मेलनमा भर्त्सना, खाद्य सुरक्षा मुख्य एजेण्डा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २९ गते मंगलबार ०३:५२

सम्मेलनले रूस-युक्रेन युद्धका कारण उत्पन्न खाद्य संकटलाई प्रमुख एजेण्डा बनाएको छ।

इन्डोनेसिया

इन्डोनेसियामा जारी जी-२० राष्ट्रको सम्मेलनले युक्रेनमा रूसको आक्रमणको भर्त्सना गरेको छ।

सम्मेलनमा सहभागी अधिकांश राष्ट्रका प्रतिनिधिले रूसका कारण युक्रेनमा आर्थिक तथा मानविय संकट उत्पन्न भएको भन्दै भर्त्सना भएको बीबीसीले जनाएको छ।

जी-२० मा रूसको प्रतिनिधित्व विदेश मन्त्री सर्गेई ल्याभ्रोभले गरेका छन्। सम्मेलनले रूस-युक्रेन युद्धका कारण उत्पन्न खाद्य संकटलाई प्रमुख एजेण्डा बनाएको छ।

सोमबार सम्मेलनमा सहभागी हुन पुगेका अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सि चिनफिङसँग भेटवार्ता गरेका थिए।

भेटमा उनले दुई देशबीचको सम्बन्ध सुधारका लागि आफू तयार रहेको भन्दै अमेरिका चीनसँग शितयुद्को पक्षमा नरहेको बताएका छन्।

दुई मुलुकबीचको प्रतिस्पर्धा द्वन्द्वमा परिणत हुन नहुने बाइडेनको धारणा थियो।

‘चीनसँग शितयुद्ध हुनु हुँदैन भन्नेमा म विश्वास गर्छु। वार्ताका क्रममा मैले चीनले ताइवानमा आक्रमण गर्ने कुनै छनक मैले पाइनँ,’ बाइडेनले भनेका छन्।

सी र बाइडेनबीच तीन घण्टा भेट भएको थियो। भेटमा सीले आफू पनि अमेरिकासँग द्वन्द्वको पक्षमा नरहेको बताएका छन्।

‘हाम्रो आपसी सहकार्यले दुई मुलुकलाई मात्रै नभएर विश्वलाई नै फाइदा पुग्नेछ। चीन अमेरिकासँग स्वस्थ प्रतिस्पर्धाको पक्षमा छ,’ सीले भनेका छन्।

प्रकाशित मिति २०७९ कात्तिक २९ गते मंगलबार ०३:५२
हजुरको प्रतिक्रिया