२०८३ कात्तिक १० गते सोमबार

सन् २०२४ को चुनावमा उठ्ने अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा

सन् २०२४ को चुनावमा उठ्ने अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर १ गते बिहीबार ०७:१९

पूर्व राष्ट्रपति ट्रम्पले संसद् भवनमा भएको आक्रमण र राष्ट्रपति पदबाट बाहिरिएपछि अति गोप्य कागजपत्रको व्यवस्थापनलाई लिएर सङ्घीय जाँचको सामना गरिरहेका छन्।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ को राष्ट्रपति चुनावमा उठ्ने घोषणा गर्नुभएको छ । अमेरिकालाई पुनः महान र गौरवशाली बनाउन राष्ट्रपतिमा उम्मेदवारी दिने घोषणा गरेको उनको भनाइ छ ।

रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति ट्रम्पले रुसले नेटोलाई आक्रमण गरिरहँदा वर्तमान राष्ट्रपति जो बाइडेन निदाइरहेको समेत आरोप लगाएका छन् । ट्रम्पले आउँदो चुनावमा उम्मेदवारी दिने घोषणा गरेपछि जो बाइडेनको टिमले ट्रम्पले अमेरिकालाई असफल बनाएको टिप्पणी गरेको बीबीसीले जनाएको छ ।

पूर्व राष्ट्रपति ट्रम्पले संसद् भवनमा भएको आक्रमण र राष्ट्रपति पदबाट बाहिरिएपछि अति गोप्य कागजपत्रको व्यवस्थापनलाई लिएर सङ्घीय जाँचको सामना गरिरहेका छन्। आठ वर्षअघि राष्ट्रपति पदका लागि रिपब्लिकन दलभित्र उम्मेदवारको खोजी हुँदा ट्रम्पले फ्लोरिडाका गभर्नरसँग प्रतिस्पर्धा गर्नुपरेको थियो ।

प्रकाशित मिति २०७९ मंसिर १ गते बिहीबार ०७:१९
हजुरको प्रतिक्रिया