२०८३ कात्तिक १० गते सोमबार

युक्रेनलाई थप हतियार उपलब्ध गराउने र ऊर्जा प्रणाली मर्मत गरिदिने नेटोको वाचा

युक्रेनलाई थप हतियार उपलब्ध गराउने र ऊर्जा प्रणाली मर्मत गरिदिने नेटोको वाचा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर १४ गते बुधबार ११:४३

उत्तर एट्लान्टिक सन्धि सङ्गठन ९नेटो०ले युक्रेनलाई थप हतियार उपलब्ध गराउने र रुसी क्षेप्यास्त्र तथा ड्रोन हमलाका कारण क्षतिग्रस्त महत्त्वपूर्ण ऊर्जासम्बन्धी पूर्वाधार मर्मत गर्न सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएको छ । रोमानियाको...

उत्तर एट्लान्टिक सन्धि सङ्गठन ९नेटो०ले युक्रेनलाई थप हतियार उपलब्ध गराउने र रुसी क्षेप्यास्त्र तथा ड्रोन हमलाका कारण क्षतिग्रस्त महत्त्वपूर्ण ऊर्जासम्बन्धी पूर्वाधार मर्मत गर्न सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।

रोमानियाको राजधानी बुकारेस्टमा भएको विदेशमन्त्रीहरूको दुई दिने बैठकमा नेटो प्रमुख स्टोलटेनबेर्गले वास्तवमा युद्धको मैदानमा रुस असफल भएको टिप्पणी गरेको थियो । सैन्य सङ्गठनका प्रमुख यान्स स्टोलटेनबेर्गले रुसले युक्रेनमाथि जाडोयामलाई हतियारका रूपमा नै प्रयोग गर्न खोजेको आरोप समेत लगाउनुभएको बीबीसीले जनाएको छ ।

रुसी आक्रमणहरूका कारण लाखौँ युक्रेनी बढ्दो चिसोकाबीच बिजुली र खानेपानीबाट वञ्चित छन् । युक्रेनले नेटो समक्ष महिनौँदेखि परिष्कृत वायु प्रतिरक्षा प्रणालीको माग गर्दै आएको छ । नागरिक वा उनीहरूको अस्तित्वलाई आवश्यक महत्त्वपूर्ण पूर्वाधारलाई आक्रमण गर्नु युद्ध अपराध मानिन्छ । गएको फेब्रुअरी २४ मा युक्रेनमाथि पूर्ण आक्रमणको आदेश दिएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र क्रेमलिनका अन्य वरिष्ठ अधिकारीहरूले रुसी सेनामाथि लागेको युद्ध अपराधको आरोपबारे खण्डन गर्दै आएका छन् । नेटोले एक विज्ञप्ति समेत निकालेर युक्रेनी नागरिक र ऊर्जा प्रणालीहरूमा रुसको लगातार आक्रमणका कारण लाखौँ मानिसलाई आधारभूत आवश्यकताबाट वञ्चित गरिएको जनाएको छ ।

नेटो सदस्यहरूले युक्रेनलाई यसको ऊर्जा पूर्वाधार मर्मत गर्न र क्षेप्यास्त्र आक्रमणबाट मानिसहरूलाई बचाउन सहयोग गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । युक्रेनी विदेशमन्त्री दिमित्री कुलेबासँगको संयुक्त पत्रकार सम्मेलनमा स्टोलटेनबेर्गले भने ,‘हामी सधैँ युक्रेनको पक्षमा उभिनेछौँ, हामी पछि हट्ने छैनौँ ।’

कुलेबाले नेटोका वरिष्ठ अधिकारीहरूसँगको भेटमा हतियार उपलब्ध गराउनेबारे कुरा भएको जानकारी समेत दिएको छ । इस्टोनियाका विदेशमन्त्री उर्मास रेन्सालुले नेटोले युक्रेनलाई रुसी भूभागमा प्रहार गर्न सक्ने क्षेप्यास्त्रहरू दिन आवश्यक रहेको बताउनुभएको बीबीसीले उल्लेख गरेको छ । अमेरिकाको नेतृत्वमा रहेको नेटो गठबन्धनले युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र र त्यस्ता अन्य हतियारहरू आपूर्ति गर्न बारम्बार टार्दै आएको छ । युक्रेनमा धेरै क्षेत्रहरूमा हिउँ र शून्य तापक्रमसहित चिसो बढ्दो छ ।

प्रकाशित मिति २०७९ मंसिर १४ गते बुधबार ११:४३
हजुरको प्रतिक्रिया