धनगढी
पूर्व म्यादी प्रहरीको हत्या आरोपमा सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्या आरोपमा सशस्त्र प्रहरीका जवान भरतराम कौली महेन्द्रनगरबाट पक्राउ परेक हुन् । शिवनाथ गाउँपालिका–४ कोलीलाई महेन्द्रनगरबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार बिहान महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा कोलीलाई पक्राउ गरिएको हो । उनलाई बैतडी प्रहरीलाई बुझाइने छ । २२ वर्षीया कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत थिए ।
कौलीलाई यही मंसिर १३ गते मायाको हत्या र उनकी भदै नेहालाई घाइते बनाएर फरार भएको आरोप लागेको छ । माया र उनकी भदै नेहा गत मंगलबार बिहान लुगा सिलाउन कुलाउ गएका थिए । त्यसपछि बेपत्ता उनीहरुको खोजी गर्दा अर्को दिन मायाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । नेहा घाइते अवस्थामा भेटिएकी थिइन्। कक्षा १२ अध्ययन गर्दै गरेकी माया गरेको आर्थिक अवस्था कमजोर भएका कारण मंसिर ४ गतेको चुनावमा म्यादी प्रहरीमा भर्ना भएकी थिइन् ।
प्रकाशित मिति २०७९ मंसिर १८ गते आइतबार ०२:१८




