२०८३ साउन २१ गते बिहीबार

चाेलेन्द्रविरुद्धकाे महाअभियाेग प्रस्ताव निष्क्रिय

चाेलेन्द्रविरुद्धकाे महाअभियाेग प्रस्ताव निष्क्रिय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर २१ गते बुधबार ०१:३७

काठमाण्डाै प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएकाे महाअभियाेग प्रस्ताव निष्क्रिय भएकाे छ । आज बुधवार सङ्घीय संसद् सचिवालयले जबराविरुद्धकाे महाअभियाेग प्रस्ताव निष्क्रिय भएकाे पत्र सर्वाेच्च अदालतमा पठाएकाे...

काठमाण्डाै

प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएकाे महाअभियाेग प्रस्ताव निष्क्रिय भएकाे छ । आज बुधवार सङ्घीय संसद् सचिवालयले जबराविरुद्धकाे महाअभियाेग प्रस्ताव निष्क्रिय भएकाे पत्र सर्वाेच्च अदालतमा पठाएकाे हाे ।

याेसँगै प्रधानन्यायाधीश जबरा अदालतमा फर्किने बाटाे खुलेकाे छ । आफूविरुद्धकाे महाअभियाेग प्रस्ताव निष्क्रिय भएसँगै जबराले सर्वाेच्च अदालत जाने तयारी गरेका छन् । ।

यसअघि गएकाे फागुन १ गते जबराविरुद्ध विभिन्न आरोप लगाएर सत्तारूढ दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदले प्रतिनिधि सभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएसँगै जबरा जबरा स्वतः निलम्बनमा परेका थिए । ।

प्रकाशित मिति २०७९ मंसिर २१ गते बुधबार ०१:३७
हजुरको प्रतिक्रिया