पोखरा
पोखरा विमानस्थलमा आपतकालीन उद्धार अभ्यास गरिएको छ । जसलाई ‘अलर्ट वान’ अभ्यास भनिन्छ । विमानस्थल परिसरबाट ४ किलोमिटर परसम्म हुने हवाइ दुर्घटना ‘अलर्ट वान’ मा पर्छ ।
क्यालिब्रेसन फ्लाइट सकेर नियमित उडानको तयारीमा रहेको पोखरा विमानस्थलमा शुक्रबार दिउँसो आपतकालीन उद्धार अभ्यास गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले जनवरी १ देखि विमानस्थलबाट नियमित उडान भर्ने तयारी छ ।
विमानस्थल सञ्चालनमा आइसकेपछि हुन सक्ने सम्भावित आकस्मिक परिस्थितिको सामना गर्न आपतकालिन उद्धार अभ्यास गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता अनुप जोशीले बताए ।
‘आकस्मिक परिस्थिति आएमा हामीले कसरी छरितो नियमसंगत ढंगबाट ह्यान्डल गरेर न्यूनतम जनधनको क्षति हुुने र विमानस्थललाई पुनः सञ्चालनमा ल्याउन सकिन्छ भनेर सांकेतिक अभ्यास गरेका हौं’, जोशीले भने ।
विमानस्थलले आकस्मिक योजना तयार पारेको उनले जानकारी दिए । १२० दिनेदेखि योजनाको तयारी गरेको उनको भनाइ छ । विमानस्थलमा १३ प्रकारको आकस्मिक अवस्था आउन सक्ने औंल्याइएको छ ।
अर्लट वानमा काल्पनिक स्थान अनामपुरबाट एबिसी एयरलाइन्सको लुम १२३ ले उडान भर्छ । जहाज करिब २५ माइल उडेपछि दायाँ इञ्जिनमा समस्या देखियो । पोखरा विमानस्थलबाट १० माइल नजिक आउने बेला दुवै इञ्जिन फेल हुन्छ ।
पोखरा विमानस्थलको कन्ट्रोल टावरले उक्त विमानलाई प्राथमिकता दिन्छ । जहाज अवतरण गर्ने क्रममा रनवेबाट चिप्लिएर जहाज दुर्घटनाग्रस्त हुन्छ । जसमा १८० जना यात्रु सवार थिए ।
जहाज दुर्घटनामा परेपछि सुरुमा वारुणयन्त्रको साहयताबाट आगो निभाइयो । घाइतेको नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीले उद्धार थाले ।
घाइतेहरुको एम्बुलेन्स र होलिकोप्टरमार्फत उद्धार गर्दै अस्पतालसम्म पु¥याइयो ।
हेर्नुहाेस् थप तस्वीरहरूः
















तस्वीरहरूः विनाेद ढुंगाना/पब्लिक टिभी
प्रकाशित मिति २०७९ मंसिर २३ गते शुक्रबार ०५:१३




