२०८३ असोज २३ गते शुक्रबार

सुरु भयो ७ औं पर्वतीय महोत्सव, उपराष्ट्रपतिले गरे उद्घाटन

सुरु भयो ७ औं पर्वतीय महोत्सव, उपराष्ट्रपतिले गरे उद्घाटन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर २४ गते शनिबार ११:२३

महोत्सवमा हिमाली क्षेत्रका विषयलाई प्राथमिकतामा राखि विविध कार्यक्रम तय भएको छ ।

पोखरा 

आजदेखि सुरु भएको दुई दिने पर्वतीय महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्द बहादुर पुनले गरेका छन् । अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा प्रत्येक वर्ष मनाउँदै आएको पर्वतीय महोत्सव आजदेखि सुरु भएको हो ।

नेपाल पर्वतारोहण संघले आयोजना गरेको महोत्सव आज र भोलि आइतबार पोखरा -१७ रातोपहिरोमा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा हुँदै छ ।


महोत्सवमा हिमाली क्षेत्रका विषयलाई प्राथमिकतामा राखि विविध कार्यक्रम तय भएको छ । महोत्सवमा सगरमाथा आधार शिविर व्यवस्थापन, प्रविधि तथा अन्वेषणको प्रवद्र्धन तथा प्रदर्शन, पोखरामा पर्यटकलाई दोब्बर रुपमा कसरी बनाउन सकिन्छ जस्ता विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना हुँदैछ ।

प्रकाशित मिति २०७९ मंसिर २४ गते शनिबार ११:२३
हजुरको प्रतिक्रिया