पोखरा । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज पोखरा आउँदै छन् । पोखरामा जारी दसौँ संस्करणको नेपाल लिटरेचर फेस्टिबलमा सहभागी हुन आज साढे ११ बजे ओली पोखरा उत्रँदै छन् ।
फेवाताल किनारको बाराही घाटमा उनले राजनीति बाहिरका आफ्ना किस्साहरु सुनाउने छन् । उनी सहभागी हुने सेसन ‘राजनीति बाहिरको जीवन’ मा पत्रकार अखण्ड भण्डारी सहजकर्ता छन् । यो सेसन आज १२ः१५ देखि साढे एक बजेसम्म चल्ने छ ।
पोखरामा अध्यक्ष ओलीको अन्य कुनै कार्यक्रम नरहेको एमाले प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले जानकारी दिए । ओली आजै दिउँसो ३ बजे काठमाडौँ फर्कने छन् ।
प्रकाशित मिति २०७९ पुस ८ गते शुक्रबार १०:०३