२०८३ साउन २१ गते बिहीबार

प्रेस युनियन गण्डकीको अध्यक्षमा टंक

प्रेस युनियन गण्डकीको अध्यक्षमा टंक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २० गते बुधबार ०३:१६

प्रेस युनियन गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा अधिकारी सर्वसम्मत चयन भएका हुन् ।

पोखरा

नेपाल प्रेस युनियन गण्डकी प्रदेशको अध्यक्षमा कास्कीका टंक अधिकारी सर्वसम्मत चयन भएका छन् । प्रेस युनियन गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा अधिकारी सर्वसम्मत चयन भएका हुन् ।

मंगलबार र बुधबार भएको अधिवेशनबाट उपाध्यक्षमा माधव रेग्मी कास्की, संगीता केसी पर्वत, समावेशी उपाध्यक्ष शारदा झेडी मगर नवलपुर, महासचिव प्रकाश ढकाल गोर्खा, सचिव नारायण रिजाल बागलुङ, महिला सचिव अञ्जना तिमिल्सिना तनहुँ, समावेशी सचिव मोहसिन अलिमिया गोर्खा, कोषाध्यक्ष सन्देश पौडेल लमजङु, लेखा समिति संयोजक राधाकृष्ण डुम्रे स्याङ्जा चयन भएका छन् । गोर्खा घर भएका महासचिव ढकालको कार्यक्षेत्र भने कास्की हाे ।

कार्यसमिति सदस्यमा शंकरराज नहर्की, गीताकुमारी लामिछाने, सुभाष पौडेल, ऋषि बस्याल, रीमा शाही, खगेन्द्र भण्डारी, देवराज पुरी, प्रेम चन्द्र रौनियार, गोविन्द लामिछाने, पवित्रा खत्रीे र निरज अधिकारी छन् ।

 

प्रकाशित मिति २०७९ पुस २० गते बुधबार ०३:१६
हजुरको प्रतिक्रिया