२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेशका सांसदको औपचारिक अध्ययन कति ?

गण्डकी प्रदेशका सांसदको औपचारिक अध्ययन कति ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २९ गते शुक्रबार ११:००


गण्डकी प्रदेशमा साक्षरदेखि विद्यावारिधि (पिएचडी) अध्ययन गरेका सांसद छन् ।

 

पोखरा

राज्यका प्रमुख तीन अंग मध्ये व्यवस्थापिका संसदको काम कानुन (विधि) निर्माण हो । संसदले बनाएको विधिको कार्यान्वयन कार्यापालिकाले गर्छ र कानुनतः ठीकबेठिकबारे व्यांख्या न्याय पालिकाले गर्छ ।

सरकारले गरेका गलत कामको खबरदारी गर्ने निकाय पनि संसद हो । देशमा संघीय शासन लागू भएपछि दोस्रो पटक मंसिर ४ गते संसदीय निर्वाचन भयो । प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट सांसद चुनिएका छन् ।

नीतिगत र कानुन निर्माणमा सक्रिय हुनुपर्ने सांसदले औपचारिक अध्ययन कति गरेका छन् त ? जनतामा जिज्ञासा हुन् सक्छ र जिज्ञासा हुनु पनि स्वभाविक छ । गण्डकी प्रदेशमा ६० जना सांसद छन् ।

गण्डकी प्रदेश संसद सचिवालयका अनुसार सांसद मध्ये १६ जना एसएलसी, १६ जना प्रविणता प्रमाणपत्र (१० जोड दुई), १६ जना स्नातक, ९ जना स्नातकोत्तर उत्तीर्ण छन् भने २ जना साक्षर र एक जनाले विद्यावारिधि (पिएचडी) अध्ययन गरेका छन् । लमजुङबाट निर्वाचित सांसद डाक्टर टकराज गुरुङले पर्यटन अर्थशास्त्रमा विद्यावारिधि गरेका हुन् । मुख्ममन्त्री खगराज अधिकारीले स्नातकोत्तर अध्ययन गरेका छन् ।

 

 

प्रकाशित मिति २०७९ पुस २९ गते शुक्रबार ११:००
हजुरको प्रतिक्रिया