पोखरा
पोखराको पालिखेचोकस्थित प्रतिभा माविको प्राचार्यमा किरण सापकोटा नियुक्त भएका छन् । विद्यालय संचालक समितिको बैठकले सापकोटालाई प्राचार्य नियुक्त गर्ने निर्णय गरेको हो । सापकोटा यसअघि विद्यालयका निर्देशक थिए ।
नवनियुक्त प्राचार्य सापकोटालाई पदस्थापना गराइएको छ । विद्यालयका यसअघिका प्राचार्य विश्वगोपाल पराजुलीलाई वित्त निर्देशकको जिम्मेवारी दिइएको छ । पराजुली विद्यालय स्थापना भएदेखि कार्यरत थिए । विद्यालय २०४३ सालमा स्थापना भएको थियो ।
विद्यालयका प्रवन्ध निर्देशक बलबहादुर थापाले सापकोटाको नेतृत्वले विद्यालय आगामि दिनमा अझै अब्बल बन्दै जाने बताए ।
प्रकाशित मिति २०७९ पुस ३० गते शनिबार ०२:२६