२०८३ साउन २१ गते बिहीबार

पाेखरा विमान दुर्घटनाः पहिचान नभएका शव भाेलिमात्रै काठमाडाैं लगिने

पाेखरा विमान दुर्घटनाः पहिचान नभएका शव भाेलिमात्रै काठमाडाैं लगिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ २ गते सोमबार ०७:०८

दुर्घटनामा मृत्यु भएका पोखराका पत्रकार त्रिभुवन पौडेलसहित कतिपय शवको परिचय पत्रका आधारमा सनाखत भए पनि थप सनाखत गर्नुपर्ने देखिएकाले डीएनए परीक्षणको लागि काठमाडौ लैजानुपर्ने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

पाेखरा

यती एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका र पोखरामा पहिचान गर्न कठिन भएका शव भोलिमात्रै काठमाडौं पठाइने भएको छ । प्रतिष्ठानले पहिचान नभएका शवको डिएनए परीक्षण गर्न सोमबार काठमाडौं पठाउने जानकारी दिएको थियो ।

तर, पहिचान नभएका शव लिन काठमाडौंबाट हेलिकप्टर पोखरा आइपुगेको थियो ।

प्रतिष्ठानका निर्देशक भरत खत्रीले पहिचान भइसकेका शव आफन्तलाई जिम्मा लगाइने भएपछि नभ्याइने भएकाले मंगलबारमात्रै काठमाडौं पठाइने जानकारी दिए । ‘शवको सेलेक्सन भइरहेको छ । पोस्टमार्टम गरेर आज आफन्तलाई शव बुझाउन पनि कठिन देखिएको छ,’ डा खत्रीले भने ।

अस्पतालका अनुसार काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका चिकित्सकको नेतृत्वमा पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान तथा अन्य शिक्षण संस्थाका फरेन्सिक विज्ञ चिकित्सकबाट शवको वर्गीकरण गर्ने काम सकिएको छ ।

दुर्घटनामा मृत्यु भएका पोखराका पत्रकार त्रिभुवन पौडेलसहित कतिपय शवको परिचय पत्रका आधारमा सनाखत भए पनि थप सनाखत गर्नुपर्ने देखिएकाले डीएनए परीक्षणको लागि काठमाडौ लैजानुपर्ने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति २०७९ माघ २ गते सोमबार ०७:०८
हजुरको प्रतिक्रिया