२०८३ साउन २१ गते बिहीबार

पर्वत महोत्सवमा ज्येष्ठ नागरिकलाई टिकट निःशुल्क

पर्वत महोत्सवमा ज्येष्ठ नागरिकलाई टिकट निःशुल्क

सुमन जंग थापा

@Public 4K Tv

२०७९ माघ १० गते मंगलबार ११:५३

कुश्मा पर्वतमा भोलि बुधवार माघ ११ देखि २१ गतेसम्म सञ्चालन हुने ७ औँ पर्वत महोत्सवमा ज्येष्ठ नागरिकहरूलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । ज्येष्ठ नागरिकको सम्मानका लागि टिकट निःशुल्क बनाइएको पर्वत उद्योग वाणिज्य सङ्घका...

कुश्मा
पर्वतमा भोलि बुधवार माघ ११ देखि २१ गतेसम्म सञ्चालन हुने ७ औँ पर्वत महोत्सवमा ज्येष्ठ नागरिकहरूलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

ज्येष्ठ नागरिकको सम्मानका लागि टिकट निःशुल्क बनाइएको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपी अधिकारीले बताए ।

“हामीले गरेको महोत्सवले फाइदा कमाउनका लागि भन्दा पनि  कुश्माको व्यापारलाई उकास्न मदत मिल्ने विश्वास छ ।”, पत्रकार सम्मेलन मार्फत अध्यक्ष अधिकारीले भने, “अपाङ्ग परिचय पत्र भएका व्यक्तिहरू, पर्वत उद्योग वाणिज्य सङ्घका आजीवन सदस्यहरू र ज्येष्ठ नागरिकलाई निःशुल्क टिकटको प्रबन्ध गरिएको छ । यो उहाँहरूको लागि गरिएको सम्मान पनि हो ।”

महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । महोत्सवको नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले उद्घाटन गर्ने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति २०७९ माघ १० गते मंगलबार ११:५३
हजुरको प्रतिक्रिया