२०८३ साउन २१ गते बिहीबार

पल शाह प्रकरणमा विपक्षी झिकाउने १५ दिने आदेश

पल शाह प्रकरणमा विपक्षी झिकाउने १५ दिने आदेश

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ २३ गते सोमबार ०५:१३

जिल्ला अदालत नवलपुरले शाहलाई बलात्कार मुद्वामा सफाइ दिएर बाल यौन दुराचारको आरोपमा साढे २ वर्ष कैद र १० लाख रुपैयाँ क्षतिपुर्तिको फैसला गरेपछि दुवै पक्ष पुनरावेदन गएका थिए ।

उच्च अदालत पोखराले नायक पल शाह विरुद्धको बाल यौन दुराचार मुद्वामा १५ दिने विपक्षी झिकाउने आदेश दिएको छ ।

जिल्ला अदालत नवलपुरको फैसला विरुद्ध सरकारी वकिलको कार्यालय र पल शाह पक्षले पुनरावेदन गरेका कारण विपक्ष झिकाउने आदेश दिएको उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले बताए । उच्च अदालत पोखराका कामु मुख्य न्यायधिश डिल्लीराज आचार्य र न्यायधीश ऋषिराज भण्डारीको इजालसले विपक्ष झिकाउने आदेश दिएको हो ।

‘दोहोरो पुनरावेदन परेको छ नेपाल सरकार र पल शाहको तर्फबाट । दोहोरो पुनरावेदन परेको अवस्थामा एउटाको पुनरावेदन अर्कोलाई सुनाउने आदेश भाको छ’, उनले भने । उनका अनुसार उच्च अदालतले १५ दिने सुचना जारी गर्नेछ । १५ दिनपछि पेशी तोकिने पौडेलले जानकारी दिए ।

जिल्ला अदालत नवलपुरले शाहलाई बलात्कार मुद्वामा सफाइ दिएर बाल यौन दुराचारको आरोपमा साढे २ वर्ष कैद र १० लाख रुपैयाँ क्षतिपुर्तिको फैसला गरेपछि दुवै पक्ष पुनरावेदन गएका थिए । नाबालिग बलत्कारको अभियोग लागेका शाह विरुद्ध तनहुँ र नवलपुरमा मुद्वा परेको थियो ।

गएको माघ ३ गते जिल्ला अदालत तनहुँले शाहलाई सफाइ दिइसकेको छ ।

प्रकाशित मिति २०७९ माघ २३ गते सोमबार ०५:१३
हजुरको प्रतिक्रिया