२०८३ कात्तिक ११ गते मंगलबार

वनमा भेटियो मानव कंकाल

वनमा भेटियो मानव कंकाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ २८ गते शनिबार ०५:१०

जिल्लाको व्यास नगरपालिका–११ निर्वु सामुदायीक वनमा बेवारिसे मानव कंकाल फेला परेको हो ।

पोखरा

तनहुँमा बेवारिसे मानव कंकाल फेला परेको छ । जिल्लाको व्यास नगरपालिका–११ निर्वु सामुदायीक वनमा बेवारिसे मानव कंकाल फेला परेको हो ।

कंकालको लिंगसमेत पहिचान नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक भानु शर्माले बताए । ‘घटनास्थलको मुचुल्का गरेर कंकाल पोष्टमार्टम र सनाखत प्रायोजनार्थ दमौली अस्पतालको शव गृहमा राखिएको छ’, उनले भने । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति २०७९ माघ २८ गते शनिबार ०५:१०
हजुरको प्रतिक्रिया