२०८३ साउन २१ गते बिहीबार

२ घण्टापछि पोखरा सेलवेजको आगलागी नियन्त्रणमा

२ घण्टापछि पोखरा सेलवेजको आगलागी नियन्त्रणमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ २८ गते शनिबार ०७:०७

पूूर्ण रुपमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपि अजय केसीले बताए ।

पोखरा

पोखराको लेकसाइड हल्लनचोकस्थित सेलवेज डिपार्टमेन्ट स्टोरमा लागेको आगो नियन्त्रणमा आएको छ । लेकसाइड सेन्टर भवनमा रहेको सेलवेजमा दिउँसो साढे ४ बजेदेखि भीषण आगलागी भएको थियो ।

करिब २ घण्टामा पूूर्ण रुपमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपि अजय केसीले बताए । अगालागी नियन्त्रणमा लिनलाई पोखरा महानगरपालिकासहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दमकल र स्थानीय पानी बोक्ने ट्यांकरसमेत प्रयोग भएका थिए ।

आगोलागी नियन्त्रणमा लिनलाई सुुरक्षाकर्मीसँगै सर्वसाधरण खटिएका थिए । घटनास्थललाई शिल गरिएको र मुुचुुल्काको काम आइतबार विहान गरिने उनले बताए । ‘आज रातभर सुुरक्षा दिन्छौं । भोलि विहान मुुचुुल्काको काम हुुन्छ’, उनले भने । उनका अनुुसार के कारणले आगलागी भएको पत्ता लागेको छैन ।

अन्डरग्राउण्डमा रहेकाले आगो निभाउन समस्या भएको केसीले बताए । ‘तल निसास्सिएर छिर्र्न सक्ने अवस्था पनि थिएन । त्यसले गर्दा अलिकति समय लाग्यो’, उनले भने ।

उक्त भवनमा सेलवेजसँगै हिमालयन जाभा, नविल बैंक, बबल टि, ट्रेकिङ पसल, खाद्यन्न पसल लगायत सञ्चालनमा थिए ।

सेलवेज बाहेकका अन्य पसलमा आगलागीले क्षति नभएको एपसपी केसी बताउँछन् । ‘माथी सल्केला भन्ने हिसाबले धेरै सामानहरु जस्तो सिलिन्डदेखी बल्ने र क्षति हुुन सक्ने सामानहरु बाहिर निकालेको अवस्था छ’, उनले भने ।

प्रहरीका अनुुसार सेलवेज पनि पूूर्ण रुपमा क्षति भएको छैन । भोलि विहान उज्यालो भएपछि क्षति के कति भयो आँकलन गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०७९ माघ २८ गते शनिबार ०७:०७
हजुरको प्रतिक्रिया