२०८३ असोज २३ गते शुक्रबार

२०८० सालमा असोजमा तीज, कात्तिकमा दशैँ

२०८० सालमा असोजमा तीज, कात्तिकमा दशैँ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन १ गते सोमबार ०९:३५

पोखरा मलमास अर्थात् अधिक वर्षका कारण आउँदो वर्ष २०८० सालका प्रायः सबै चाडपर्व झण्डै तीन हप्ता पछाडिसम्म धकेलिएका छन् । साउन महिनामा मलमास सुरु हुने भएकाले साउन कृष्णपक्ष पछाडिका सबै चाडपर्व १५ देखि १९ दिनसम्म पछाडि धकेलिएको नेपाल...

पोखरा

मलमास अर्थात् अधिक वर्षका कारण आउँदो वर्ष २०८० सालका प्रायः सबै चाडपर्व झण्डै तीन हप्ता पछाडिसम्म धकेलिएका छन् ।

साउन महिनामा मलमास सुरु हुने भएकाले साउन कृष्णपक्ष पछाडिका सबै चाडपर्व १५ देखि १९ दिनसम्म पछाडि धकेलिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यसअनुसार २०८० सालमा तीजको व्रत असोज १ गते परेको छ । जबकी यस वर्षको तीज भदौ १४ मा मनाइएको थियो । यसपालि असोज १० गते घटस्थापनापछि दशैँ सुरु भएकोमा २०८० सालको घटस्थापना भने असोज २८ गते परेको छ ।

यस्तै कात्तिक ४ गते फूलपाती, ५ गते महाष्टमी, ६ गते महानवमी, कात्तिक ७ गते विजयादशी र ११ गते कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार कात्तिक २७ गते लक्ष्मीपूजा र कात्तिक २९ गते भाइटीका परेको छ ।

यसपालि कात्तिक १३ मा मनाइएको छठ पर्व २०८० सालमा भने मंसिर ३ गते परेको छ । मलमासकै कारण २०८० सालको चैते दशैँ २०८१ मा पुगेको छ । २०८० को चैत मसान्तमै चतुर्थी तिथि सकिने भएकाले चैता अष्टमीमा मनाइने चैते दशैँ २०८१ को वैशाखमा परेको समितिले जनाएको छ । यसवर्ष २०७९ को चैते दशैँ भने आउँदो चैत १५ गते मनाइँदैछ ।

प्रकाशित मिति २०७९ फागुन १ गते सोमबार ०९:३५
हजुरको प्रतिक्रिया