२०८३ साउन २१ गते बिहीबार

बलराम गौतमको श्रद्धाञ्जली सभा

बलराम गौतमको श्रद्धाञ्जली सभा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन ३ गते बुधबार ०४:५१

पोखरा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य बलराम गौतमको पाँचौ दिनको पुण्य तिथिमा नेकपा एमाले कास्कीले श्रद्धाञ्जली सभा गरेको छ । गत माघ २८ गते वीरगञ्जमा मृत फेला परेका गौतमको आज पाँचौ दिनको तिथिमा एमाले कास्कीले उनको निवासमा...

पोखरा
नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य बलराम गौतमको पाँचौ दिनको पुण्य तिथिमा नेकपा एमाले कास्कीले श्रद्धाञ्जली सभा गरेको छ ।

गत माघ २८ गते वीरगञ्जमा मृत फेला परेका गौतमको आज पाँचौ दिनको तिथिमा एमाले कास्कीले उनको निवासमा श्रद्धाञ्जली सभा गरेको हो ।

सभामा नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाले स्वर्गीय बलरामले पार्टीमा पु¥याएको योगदान सधैं स्मरणीय रहने बताए । उनले बलरामप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा जनमा समवेदना प्रकट गरेका थिए ।

नेकपा एमाले कास्कीका अध्यक्ष तथा संघीय सांसद मनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले कास्कीका सचिव बैनबहादुर क्षेत्रीले गौतमले समाज परिवर्तनमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

पोखरा ४ गैह्रापाटन निवासी गौतमको घरमा आयोजित श्रद्धाञ्जली सभामा एमालेका नेता तथा कार्यक्रमको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति २०७९ फागुन ३ गते बुधबार ०४:५१
हजुरको प्रतिक्रिया