चर्चाको विषय
नवलपुर । नवलपुरका किसानहरुलाई अहिले चैते धान रोप्न भ्याई-नभ्याई भएकाे छ ।
सिंचाइकाे सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसानलाई अहिले हिउँदे (चैते) धान लगाउन चटारो रहेको हाे । जिल्लाको कावासोती नगरपालिका, गैँडाकोटा नगरपालिका, देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका, वियनी त्रिवेणी गाउँपालिका, बुलिङटार गाउँपालिका र बौद्धिकाली गाउँपालिकामा हिउँदे धान खेती हुने गरेको छ ।
गत वर्ष जिल्लाको १२ सय १० हेक्टर क्षेत्रफलमा चैते धान खेती भएको थियो । बर्खे धान भने प्रतिहेक्टर ३ टन भन्दा बढी उत्पादन हुने गरेकाे छ । चैते धान प्रतिहेक्टर ३ देखि ४ टनसम्म उत्पादन हुने गरेको कृषि ज्ञानकेन्द्र नवलपुरले जनाएको छ ।
जिल्लामा विशेष गरी चैते धानका रूपमा चैत ५, हर्दिनाथ–१ सहित स्थानीय जातको धान रोप्ने गरिएको छ । अहिले जिल्लाको गैंडाकोट नगरपालिका ११ र १२, कावासोती नगरपालिकाको ९ देखि १७ नम्बर वडामा चैते धान बढी मात्रमा लगाएकाे छ ।
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यकः मन्त्री चौधरी
२०८३ साउन ४ गते सोमबार ०२:३५नेपालको कृषि–खाद्य प्रणाली सुदृढीकरणका लागि चिनियाँ सहयोगमा नयाँ परियोजना शुरु
२०८३ साउन ४ गते सोमबार १२:२७कानूनी र नीतिगत सुधारमार्फत कृषि तथा वन क्षेत्रको समस्या समाधान गर्ने मन्त्री चौधरीको प्रतिवद्धता
२०८३ साउन १ गते शुक्रबार ०३:३९देशभर धान रोपाइँको गति सुस्त, हालसम्म ४५ प्रतिशत मात्र सम्पन्न
२०८३ असार २९ गते सोमबार ०४:४९