२०८३ साउन २१ गते बिहीबार

काेराेनाका कारण पाेखरामा थप २ जनाकाे ज्यान गयाे

काेराेनाका कारण पाेखरामा थप २ जनाकाे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक ६ गते बिहीबार ०४:१०

पाेखरा  । काेराेना भाइरसकाे संक्रमणका कारण पाेखरामा  बिहीबार थप २ जनाकाे ज्यान गएकाे छ । तनहुँ जिल्ला, ब्यास-१ का ६८ बर्षीय कोरोना संक्रमित महिलाको ५ गते बुधबार साँझ ६:३० बजे गण्डकी मेडिकल कलेज, पोखरामा  निधन भएको स्वास्थ्य कार्यालय,...

काेराेनाका कारण प्रदेशमा ज्यान गुमाउनेकाे संख्या ५९ पुग्याे

पाेखरा  । काेराेना भाइरसकाे संक्रमणका कारण पाेखरामा  बिहीबार थप २ जनाकाे ज्यान गएकाे छ ।

तनहुँ जिल्ला, ब्यास-१ का ६८ बर्षीय कोरोना संक्रमित महिलाको ५ गते बुधबार साँझ ६:३० बजे गण्डकी मेडिकल कलेज, पोखरामा  निधन भएको स्वास्थ्य कार्यालय, कास्कीका प्रमुखले जानकारी दिनुभएको छ ।

 

यता, पोखरा महानगरपालिका-१२ मा काेराेना संक्रमणपछि होम आईसोलेसनमा बसेका ६७ बर्षीय कोरोना संक्रमित पुरुषको बुधबार बिहान १०:०० बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा उपचारका लागि ल्याउदै गर्दा बाटोमै दुखद निधन भएकाे छ ।

 

यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

 

 

 

 

 

प्रकाशित मिति २०७७ कात्तिक ६ गते बिहीबार ०४:१०
हजुरको प्रतिक्रिया