२०८३ कात्तिक ११ गते मंगलबार

पोखरामा एटिएम फोर्ने खोज्ने २ पक्राउ

पोखरामा एटिएम फोर्ने खोज्ने २ पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन १० गते बुधबार ०८:००

यी दुईले मंगलबार राती रामबजारमा रहेको एनआइसी एसिया बैंक एटीएम, विहान वनक्याम्पस गेटमा रहेको नेपाल बैंकको एटीएम र रामबजार पेन्सनक्याम्प नजिकै रहेको सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम तोडफोडको प्रयास गरेका थिए ।

पोखरा

पोखरामा एटिएम मेसिन तोडफोडको प्रयास गर्ने २ जना प्रहरीको फन्दामा परेका छन् । मंगलबार पोखराका ३ बैंकका एटिएम फोरेर चोरीको प्रयास गर्नेलाई कास्की प्रहरीले बुधबार पक्राउ गरेको हो ।

उदयपुरको गाइघाट घर भइ पोखरा छोरेपाटन बस्ने २१ वर्षीय शुशील चाम्लिङ राई र लमजुङको मस्र्याङदी गाउँपालिका घर भइ छोरपाटन बस्ने २१ वर्षीय लुबहादुर गुरुङ (अर्जुन) लाई एटिएम तोडफोडको प्रयास गरेको आरोपमा पक्र्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब निरीक्षक ज्ञानबहादुर खड्काले बताए ।

यी दुईले मंगलबार राती रामबजारमा रहेको एनआइसी एसिया बैंक एटीएम, विहान वनक्याम्पस गेटमा रहेको नेपाल बैंकको एटीएम र रामबजार पेन्सनक्याम्प नजिकै रहेको सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम तोडफोडको प्रयास गरेका थिए ।

‘एटिएम मेसिन तोडफोड गर्नलाई ढुंगा हान्ने, सीसिटिभी क्यामेरालाई कागजले छोप्ने गरेको सुचना पाएपछि पक्राउ परेका छन्’, खड्काले भने ।

पक्राउ परेका उनीहरुलाई चोरी तथा डाँका कसुर अन्तर्गत चोरी उद्योगमा मुद्वा दर्ता गरिएको छ । जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान प्रकृया अगाडि बढाएको प्रहरी नायब निरीक्षक खड्काले बताए ।

प्रकाशित मिति २०७९ फागुन १० गते बुधबार ०८:००
हजुरको प्रतिक्रिया