पोखरा । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना सवार हेलिकप्टर दुर्घटना भएको चार वर्ष पूरा भएको छ।
१५ फागुन २०७५ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीसहित सवार हेलिकप्टर ताप्लेङजुङको पाथीभरा मन्दिर दर्शन गरेर फर्कने क्रममा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा अधिकारीसहित यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनियर ध्रुवदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसीको निधन भएको थियो ।
तत्कालीन पर्यटनमन्त्री अधिकारीको जन्मथलो कास्कीमा उनको सम्झनामा सोमबार विविध कार्यक्रम हुँदै छन् । नेकपा एमाले, पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले ठाउँठाउँमा र रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले पोखरामा कार्यक्रम आयोजना गरेका छन् ।
प्रतिष्ठानले पोखरा सभागृहमा दिउँसो एक बजे चौंथो स्मृति सभा तथा सम्मान कार्यक्रम गर्दैछ ।
प्रकाशित मिति २०७९ फागुन १५ गते सोमबार १०:१२




