२०८३ साउन २१ गते बिहीबार

प्रदेश संरचना सुनिनेबाट देखिने अवस्थामा पुग्यो: प्रदेश प्रमुख

प्रदेश संरचना सुनिनेबाट देखिने अवस्थामा पुग्यो: प्रदेश प्रमुख

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन १७ गते बुधबार ०५:१७

। संविधान र नियमावलीमा प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचन पछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशनको प्रारम्भ भएपछि प्रदेश सभाको बैठकलाई सम्बोधन गर्नुपर्ने व्यवस्था छ ।

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले प्रदेश सभा बैठकलाई सम्बोधन गरेका छन् ।

प्रदेश प्रमुख गुरूङले संविधानको धारा १८४ को उपधारा २ र प्रदेश सभा नियमावली, २०७४ को नियम ३५ को उपनियम २ अनुसार बुधबार प्रदेश सभामा सम्बोधन गरेका हुन् । संविधान र नियमावलीमा प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचन पछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशनको प्रारम्भ भएपछि प्रदेश सभाको बैठकलाई सम्बोधन गर्नुपर्ने व्यवस्था छ ।

सरकारको तर्फबाट मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश प्रमुखले गर्ने सम्बोधन उपलब्ध गराएका थिए । प्रदेश प्रमुख गुरूङले प्रदेश संरचना सुनिनेबाट देखिने अवस्थामा पुगेको दाबी गरे । ‘संघीयता नेपालका लागि नयाँ अभ्यास हो । पाँच वर्षअघि शून्यबाट सुरू भएको प्रदेशले अहिले जग बसाएको छ,’ उनले भने, ‘प्रदेश संरचना सुनिने अवस्थाबाट देखिने अवस्थामा पुगेको छ ।’

सरकारले मन्त्रालय संख्या घटाएर जनताको भावनाको सम्मान गरेको प्रदेश प्रमुख गुरूङले सम्बोधनमा बताए । ‘जनताको भावनाको सम्मान गर्दै वर्तमान सरकार गठन भएपछि मन्त्रालयको संख्या १२ बाट घटाएर ७ वटा कायम गरेको छ,’ उनले भने, ‘सरकारको यस कदमले गण्डकी प्रदेशका जनतामाझ सकारात्मक सन्देश प्रवाह भएको छ ।’

प्रदेश प्रमुख गुरूङले ४ मंसिरको प्रदेश सभा निर्वाचनमा खटिने निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी र मतदातालाई धन्यवाद दिए । उनले अघिल्लो कार्यकाल पूरा गरेका प्रदेश सभा सदस्यलाई पनि आभार व्यक्त गरे ।

प्रकाशित मिति २०७९ फागुन १७ गते बुधबार ०५:१७

हजुरको प्रतिक्रिया