२०८३ कात्तिक १० गते सोमबार

जीप दुर्घटनामा ३ को मृत्यु

जीप दुर्घटनामा ३ को मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक ११ गते मंगलबार १२:००

खोटाङ, ११ कात्तिक । खोटाङमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । अन्य चार जना घाइते...

खोटाङ, ११ कात्तिक । खोटाङमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ ।

उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । अन्य चार जना घाइते भएका छन् ।

बराहापोखरी गाउँपालिका–५ सोह्रखानीमा सोमबार साँझ सात बजेतिर भएको जिप दुर्घटनामा बराहापोखरी गाउँपालिका–६ का ४५ वर्षीय दधुमान राई, बराहापोखरी–६ कै ४० वर्षीय विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिका–८ की २० वर्षीया बृहस्पति राईको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त दुर्घटनामा बृहस्पतिकै श्रीमान २८ वर्षीय छत्रबहादुर राई, उनकै ९ महिने बच्चा दिप्सन राई, चौदण्डीगढी नगरपालिका–८ का ३० वर्षीय दीपक परियार र बराहापोखरी–६ का ३२ वर्षीया नविना राई घाइते भएका हुन् ।

उनीहरुको उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार पुर्‍याइएको खोटाङका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोविन्दप्रसाद साहले बताए । मृतकको शव पोष्टमार्टमका लागि उदयपुर पठाउने तयारी भइरहेको उनले जनाएको छन् ।

प्रकाशित मिति २०७७ कात्तिक ११ गते मंगलबार १२:००
हजुरको प्रतिक्रिया