२०८३ असोज २४ गते शनिबार

प्रधानमन्त्री दाहालविरुद्ध सर्वोच्चमा दायर मुद्दामाथिको सुनुवाइ सकियो

प्रधानमन्त्री दाहालविरुद्ध सर्वोच्चमा दायर मुद्दामाथिको सुनुवाइ सकियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन २६ गते शुक्रबार ०३:३०

मुद्दामा रिट निवेदकका तर्फबाट अधिवक्ताहरू दिनेश त्रिपाठी र ज्ञानेन्द्रराज आरणलगायतका अधिवक्ताले बहस गरेका छन् ।

काठमाण्डाै 

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामाथिको सुनुवाइ सकिएको छ ।

द्वन्द्वकालीन घटनामा आधारित मुद्दामा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा प्रारम्भिक बहस सकिएको हो । आदेश आजै आउने सम्भावना रहेको बताइएको छ । मुद्दामा रिट निवेदकका तर्फबाट अधिवक्ताहरू दिनेश त्रिपाठी र ज्ञानेन्द्रराज आरणलगायतका अधिवक्ताले बहस गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले तीन वर्षअघि दिएको अभिव्यक्तिसमेतलाई लिएर सर्वोच्च अदालतमा मङ्गलवार रिट दर्ता भएको हो । अधिवक्ता आरण र कल्याण बुढाथोकीसहितका व्यक्तिहरूले दाहालविरुद्ध दिएका दुई वटा रिट मङ्गलवार सर्वोच्च प्रशासनमा दर्ता भएको हो ।

यसअघि उनीहरूले गएको कात्तिक १४ गते सर्वोच्च अदालतमा दिएको निवेदन कात्तिक २४ गते सर्वोच्चको प्रशासनले दरपिठ गरेको थियो । दरपिठ भएको रिट निवेदन अघिल्लो शुक्रवार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरि फुयालको इजलासमा पेस भएको थियो । त्याे इजलासले रिट दरपिठको आदेश खारेज गर्दै सर्वोच्च अदालत प्रशासनलाई दर्ता गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति २०७९ फागुन २६ गते शुक्रबार ०३:३०
हजुरको प्रतिक्रिया