काठमाडौं
उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा) बाटै दुई जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
संसदीय दलका नेता रामसहाय यादव र राष्ट्रिय सभा सदस्य प्रमिलाकुमारी यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।
सत्तारुढ चार दल (कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी) बीच उपराष्ट्रपति जसपाले लिने सहमति भइसकेको छ । त्यसअनुसार संसदीय दलका नेता रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय पनि जसपाले गरेको थियो ।
तर निर्वाचन आयोगले पुरुष राष्ट्रपति भइसकेकाले उपपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने बताएको छ ।
संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने बताएको छ । यसअनुसार खासआर्य बाहेकका समुदायका पुरुष पनि उम्मेदवार हुनसक्ने सत्तारुढ नेताहरुको तर्क थियो ।
तर, निर्वाचन आयोगले संविधानको धारा ३८ ९४० पनि उल्लेख गरेको छ, जसमा राज्यको सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुनेछ भनिएको छ । त्यसैले जसपाबाट रामसहाय यादवसँगै प्रमिलाले पनि उम्मेदवारी दर्ता गराएकी हुन् ।
यता, जनमत पार्टीको तर्फबाट नेता ममता झाले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएको छ । १० दलीय सत्ता गठबन्धनबाट उहाँले उपराष्ट्रपति पदमा उम्मेदवारी दिएको हो
उनको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा, रुपाकुमारी यादव रहेका छन् भने समर्थकमा गोमालाम सापकोटा, विनिताकुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी रहेका छन् ।
यस्तै नेकपा एमालेबाट उपराष्ट्रपति पदको लागि पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् ।
प्रकाशित मिति २०७९ फागुन २७ गते शनिबार ०२:५४




