२०८३ कात्तिक ११ गते मंगलबार

सेल्फी खिच्दा लडेर मृत्यु

सेल्फी खिच्दा लडेर मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत ५ गते आइतबार ०६:०१

मृतक खातुन भारत घर भई हाल बागलुङ बजार बस्दै आएकी थिइन् । शवलाई पोष्टमार्टमा लागि धौलागिरी अस्पताल बागलुङ ल्याइएको छ।

बागलुङ

बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झोलुंगे पुललाई पृष्ठभूमिमा पारेर सेल्फी खिच्ने क्रममा लडेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ वर्षीया अप्सरा खातुन छिन् ।

बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो पुलमा सेल्फी खिच्ने क्रममा लडेर  खातुनको घटनास्थलमै मृत्यु भएको पर्वतका प्रमुख प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

‘प्रहरीले युवतीको घटनास्थलबाट उद्दार प्रयास गरेको थियो, लडेर भीरमा अड्किएको अवस्थामा प्रहरीले फेला पारेको थियो,’ न्याैपालेले भने, ‘लामो पुललाई पृष्ठभूमिमा राखेर सेल्फी खिच्ने क्रममा लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धान हो ।’

घटनाको विषमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

मृतक खातुन भारत घर भई हाल बागलुङ बजार बस्दै आएकी थिइन् । शवलाई पोष्टमार्टमा लागि धौलागिरी अस्पताल बागलुङ ल्याइएको छ।

प्रकाशित मिति २०७९ चैत ५ गते आइतबार ०६:०१
हजुरको प्रतिक्रिया