२०८३ साउन २१ गते बिहीबार

‘पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता थिएन’: अध्यक्ष नेपाल

‘पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता थिएन’: अध्यक्ष नेपाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत १० गते शुक्रबार ०८:१३

शुक्रबार पार्टीको अर्थ–योजना विभागले आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्था र समाधानका उपायहरु विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताएका हुन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको टिप्पणी गरेका छन् ।

शुक्रबार पार्टीको अर्थ–योजना विभागले आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्था र समाधानका उपायहरु विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताएका हुन् ।

उनले यी दुई विमानस्थलमा अर्बौं रुपैयाँ लगानी भएपनि प्रतिफल नआएको बताए । सो पैसा अर्को क्षेत्रमा लगानी गरेको भए त्यसको प्रतिफल आउने उनको भनाइ थियो । अध्यक्ष नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलले भने आवश्यकताको पूर्ति गर्ने दाबी गरे । उनले देशमा आवश्यकताहरुको प्राथमिकीकरण गर्न नसकिएको र कुनैपनि कुरामा दूरगामी सोच राख्न नसकिएको अभिव्यक्ति दिए ।

प्रकाशित मिति २०७९ चैत १० गते शुक्रबार ०८:१३
हजुरको प्रतिक्रिया