२०८३ साउन २१ गते बिहीबार

वन विज्ञानमा स्ववियुको मतदान जारी

वन विज्ञानमा स्ववियुको मतदान जारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत १२ गते आइतबार ०३:०४

मतदान सकिएपछि सर्वपक्षीय बैठक बसेर साँझदेखि नै मतगणना सुरु गर्ने तयारी रहेको सहायक क्याम्पस प्रमुख विष्णु देवकोटाले जानकारी दिए ।

पोखरा

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको वन विज्ञान अध्ययन संस्थान, पोखरामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को मतदान जारी छ । बिहान साढे १० बजेदेखि सुरु भएको मतदान अपरान्ह साढे ४ बजेसम्म चल्ने छ ।

४ सय ८० जना मतदाता रहेकोमा पछिल्लो जानकारीअनुसार १ सय २७ मत खसेको छ । क्याम्पस प्रवेश द्वारमा बाक्लो संख्यामा प्रहरीको उपस्थिति छ । मतदान सकिएपछि सर्वपक्षीय बैठक बसेर साँझदेखि नै मतगणना सुरु गर्ने तयारी रहेको सहायक क्याम्पस प्रमुख विष्णु देवकोटाले जानकारी दिए ।

फागुन २५ गते विद्यार्थीको नामावली सार्वजनिक नभएको विरोधमा नेपाली कांग्रेस निकट नेविसंघ र नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेको थिए । विवाद समाधान गर्ने सहमति भएपछि आजका लागि मतदानको मिति तोकिएको थियो ।

पोखरामा ६ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुनुपर्ने हो । तर, विद्यार्थी संगठनको तालाबन्दी र स्ववियुसम्बन्धी विवाद अदालतमा पुगेकाले अन्य पाँच वटा क्याम्पसमा निर्वाचन हुन सकेको छैन । वन विज्ञान क्याम्पसमा पनि विद्यार्थी संगठनले तालाबन्दी गर्दा निर्धारित कार्यतालिकाअनुसार चैत ५ गते चुनाव हुन सकेको थिएन ।

 

प्रकाशित मिति २०७९ चैत १२ गते आइतबार ०३:०४
हजुरको प्रतिक्रिया