२०८३ असोज २४ गते शनिबार

हेमजामा आलु महोत्सव चैत २६ देखि

हेमजामा आलु महोत्सव चैत २६ देखि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २० गते सोमबार ०५:२०

महोत्सवमा ३५ रुपैयाँ किलोमा आलु बिक्री गर्ने क्लबका महासचिव बसन्त श्रेष्ठले जानकारी दिए ।

तयारी अन्तिम चरणमा

पोखरा

पोखरा महानगरपालिका–२५ हेमजामा आउँदो २६ चैतदेखि बैशाख ३ गतेसम्म ११ औं संस्करणको आलु महोत्सव हुँदैछ । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक विष्णुपादुका क्लबले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

३ वर्षदेखि रोकिएको महोत्सवलाई यो वर्षदेखि निरन्तरता दिन लागिएको हो । महोत्सवमा ३५ रुपैयाँ किलोमा आलु बिक्री गर्ने क्लबका महासचिव बसन्त श्रेष्ठले जानकारी दिए । हेमजामा ३ सय हेक्टरमा १० करोड बराबरको आलु उत्पादन भएको अनुमान महानगरपालिकाको छ । महोत्सवकै अवसरमा १ हजार ८०९ जना कृषकलाई परिचय पत्र वितरण गरिने महानगरपालिकाको कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

महोत्सवको आकर्षणमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, राष्ट्रिय स्तरको कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, जापानीज सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवं प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायत छन् ।

महोत्सवमा आकर्षणका लागि ३० हजार किलो आलुको पहाड बनाउने तयारी छ । महोत्सवमा ३० वटा कृषि प्रदर्शनीका स्टल र ९० वटा व्यापारिक स्टल रहने मूल आयोजक समिति संयोजक सुबिन श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति २०७९ चैत २० गते सोमबार ०५:२०
हजुरको प्रतिक्रिया