२०८३ कात्तिक ११ गते मंगलबार

कास्कीमा यो वर्ष लागु औषधका ५८ मुद्वा दर्ता

कास्कीमा यो वर्ष लागु औषधका ५८ मुद्वा दर्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २७ गते सोमबार ०७:०८

उनका अनुसार अधिकांशलाई लेखनाथको शिसुवा क्षेत्रबाट पक्राउ गरिएको हो ।

पोखरा

कास्कीमा यो वर्ष लागु औषधका ५८ मुद्वा दर्ता भएको छ । साउनयता जिल्ला प्रहरी कार्यालय कास्कीले १०४ जनालाई लागु औषधसहित पक्राउ गरेको छ ।

प्रहरी निरीक्षक तिलक मानन्धरका अनुसार ९८ पुरुष र ६ महिला पक्राउ परेको जानकारी दिए । उनका अनुसार अधिकांशलाई लेखनाथको शिसुवा क्षेत्रबाट पक्राउ गरिएको हो ।

सोमबार प्रेस क्लब गण्डकीले आयोजना गरेको लागुऔषध दुव्र्यसन विरुद्धको अन्तरक्रियाका प्रहरी निरीक्षक मानन्धरले लागु औषध सेवनकर्ता र कारोबारीलाई नियन्त्रणमा लिनलाई शिभिल पोशाकमा प्रहरी खटाएको बताए ।

साथीसंगतका कारण युवयुवती कुलतमा फस्ने उनको भनाइ छ । अभिभावक सन्तानको आनीबानीमा सजग हुँदा लागुऔषधको दुव्र्यसनबाट जोगाउन सक्ने उनको सुझाव छ । कास्कीमा गत आर्थिक वर्ष २०७८÷७९ मा २४३ र २०७७÷७८ मा १४९ लागु औषध सम्बन्धि मुद्वा दर्ता भएको थियो ।

प्रकाशित मिति २०७९ चैत २७ गते सोमबार ०७:०८
हजुरको प्रतिक्रिया