२०८३ असोज २४ गते शनिबार

गरिब परिवारलाई पानी र बिजुलीको निःशुल्क व्यवस्था गर्छु: तनहुँ-१ उम्मेदवार भट्टराई

गरिब परिवारलाई पानी र बिजुलीको निःशुल्क व्यवस्था गर्छु: तनहुँ-१ उम्मेदवार भट्टराई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २९ गते बुधबार ०३:१०

पोखरा उपनिर्वाचनमा नेपाली कांग्रेसबाट तनहुँ क्षेत्र नम्बर १ को उम्मेदवार बनेका गोविन्द भट्टराईले गरिब परिवारलाई पानी र बिजुलीको निःशुल्क व्यवस्था गर्ने प्रतिबद्धता गरेका छन् । १० वैशाखमा हुने उपनिर्वाचनका लागि क्षेत्र केन्द्रित...

पोखरा

उपनिर्वाचनमा नेपाली कांग्रेसबाट तनहुँ क्षेत्र नम्बर १ को उम्मेदवार बनेका गोविन्द भट्टराईले गरिब परिवारलाई पानी र बिजुलीको निःशुल्क व्यवस्था गर्ने प्रतिबद्धता गरेका छन् ।

१० वैशाखमा हुने उपनिर्वाचनका लागि क्षेत्र केन्द्रित घोषणापत्र सार्वजनिक गर्दै भट्टराईले मेडिकल कलेज स्थापना गर्ने प्रतिज्ञा गरेका छन् । पाँच वर्षभित्र सबै घरमा खानेपानी र बिजुली पुर्याउने प्रतिबद्धता उनले गरेका छन् ।

पालिकाले प्रवाह गर्ने सेवालाई नागरिकको घर घरमा पुर्याउने व्यवस्था पाँच वर्षभित्र गर्ने उनले संकल्प गरेका छन् । तनहुँमा एउटा सरकारी मेडिकल कलेजको स्थापनालाई प्राथमिकतामा राखेका उनले तनहुँमा प्रसूति, क्यान्सर, मृगौला वा बालसम्बन्धी विशिष्टीकृत अस्पतालसमेत स्थापना गर्ने उल्लेख गरेका छन् ।

जिल्लाको यातायात पूर्वाधार विकासमा विशेष जोड दिएका उनको प्रतिबद्धतामा शालिग्राम करिडोर, दमौली घुमाउने बुद्धसिं मार्ग, त्रिशूली करिडोर आदिलाई पाँच वर्षभित्र स्तरोन्नति सक्ने उल्लेख छ ।
व्यास र पुलिमराङ मार्ग, घाँसीकुवा अँधेरीभञ्ज्याङ मार्ग, छिम्केश्वरी मार्ग, केशवटार मार्ग आदिलाई पनि पाँच वर्षभित्र स्तरोन्नति सक्ने प्रतिबद्धता उनको छ ।

जिल्लाको उत्तर दक्षिण जोड्ने स्तरीय सडकलाईसमेत प्राथमिकतामा राखेका उनले पर्यटकीय थलोहरु तनहुँसुर, पुलिमराङ, थानीको थान, चोक चिसापानी, सिङचाङ गढीको विकाससँगै वेदव्यासको प्रतिमा पनि प्रतिस्थापन समयमै सकाउने भट्टराईको प्रतिबद्धतामा छ ।

तनहुँलाई सुन्तला र बाख्राको केन्द्रका रुपमा स्थापना गर्न विशेष कार्यक्रम ल्याउने भट्टराईको प्रतिबद्धतामा छ ।

प्रकाशित मिति २०७९ चैत २९ गते बुधबार ०३:१०
हजुरको प्रतिक्रिया