२०८३ कात्तिक १० गते सोमबार

सुडानको सत्ताको लडाइँमा ५६ जनाको मृत्यु, ६ सय बढी घाइते

सुडानको सत्ताको लडाइँमा ५६ जनाको मृत्यु, ६ सय बढी घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख ३ गते आइतबार ११:४१

राजधानी खार्तुम सहरको आकाश धुवाँले भरिएको छ । सुडानको सेनाले नागरिकलाई घरभित्रै बस्न आह्वान गरेको छ ।

पोखरा

सुडानको सत्ता संघर्ष हिंसात्मक बनेको छ । सुडानको सेना र अर्धसैनिक बल रयापिड सपोर्ट फोर्स आरएसएफबीच भएको लडाइँमा अहिलेसम्म ५६ जनाको मृत्यु भएको छ । घटनामा ६ सय बढी घाइते भएका छन् ।

ज्यान गुमाउनेमा ३ जना संयुक्त राष्ट्र संघका कर्मचारी रहेका बिबिसीले जनाएको छ । उनीहरुलाई सैनिक शिविरमा दुई पक्षबीच गोली हानाहान हुँदा गोली लागेको थियो । राजधानी खार्तुम सहरको आकाश धुवाँले भरिएको छ । सुडानको सेनाले नागरिकलाई घरभित्रै बस्न आह्वान गरेको छ ।

अर्धसैनिक बलले कम्तीमा तीनवटा विमानस्थल, सेना प्रमुखको निवास र राष्ट्रपति भवनलाई नियन्त्रणमा लिएको दाबी गरे पनि सेनाले अस्वीकार गरेको छ । पुल र सडकहरू बन्द हुँदा मानिसहरू बाटोमै थुनिएका छन् ।

सुडानमा नागरिक शासन बारेको प्रस्तावित संक्रमणको अवस्थाका विषयमा विवाद रहेको छ । सन् २०२१ को अक्टोबरमा भएको एउटा विद्रोहपछि सुडानमा सैन्य जनरलहरूले सार्वभौम परिषद् भनिने संयन्त्र बनाएर राज्य सञ्चालन गर्दै आएका छन् ।

नागरिक नेतृत्वको सरकारको प्रस्तावमा आरएसएफलाई राष्ट्रिय सेनामा समायोजन गर्ने तालिका बनाइएको छ । आरएसएफले समायोजन १० वर्ष पछि गर्न चाहे पनि सेनाले दुई वर्षभित्र सक्नुपर्नेमा जोड दिएपछि तनाव बढेको बिबिसीले जनाएको छ । एजेन्सी ।

प्रकाशित मिति २०८० वैशाख ३ गते आइतबार ११:४१
हजुरको प्रतिक्रिया