२०८३ असोज २४ गते शनिबार

पोखराका मेयर आचार्य जापान जाँदै

पोखराका मेयर आचार्य जापान जाँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख ७ गते बिहीबार ०९:२०

मेयर आचार्यका अनुसार ११ अर्ब रुपैयाँ लागतको फोहोर पानी प्रशोधन केन्द्र सञ्चालन सम्बन्धी परियोजनामा हस्ताक्षर हुनेछ ।

पोखरा

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य जापान जाने भएका छन् ।  जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को औपचारिक निमन्त्रणामा उनी जापान जान लागेका हुन् ।

शुक्रबार उनी जापान प्रस्थान गर्नेछन् । पोखराबाट भने बिहिबार विदाइ भएका छन् । जाइकाको सहयोगमा पोखरा महानगरपालिका भित्र व्यवस्थित ढल निकास तथा फोहोर पानी प्रशोधन केन्द्र स्थापनाको लागि मेयर आचार्यले सम्झौता हुने बताए ।

मेयर आचार्यका अनुसार ११ अर्ब रुपैयाँ लागतको फोहोर पानी प्रशोधन केन्द्र सञ्चालन सम्बन्धी परियोजनामा हस्ताक्षर हुनेछ । परियोजना सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेर डिपिआर समेत तयार भइसकेको छ ।

मेयर आचार्यसँगै ७ सदस्यीय टोली जापान जाँदैछ ।  जसमा ३ जना इन्जिनियर छन् । पोखरा महानगरपालिकाका इन्जिनियर विवेककुमार क्षेत्री भने परियोजना सञ्चालनका लागि २१ दिने तालिममा सहभागी हुन यसअगाडि नै जापान गइसकेका छन् ।

प्रकाशित मिति २०८० वैशाख ७ गते बिहीबार ०९:२०
हजुरको प्रतिक्रिया