२०८३ साउन २१ गते बिहीबार

संखुवासभा हेलिकप्टर दुर्घटना: ३ जना घाइतेलाई काठमाडौं ल्याइयो

संखुवासभा हेलिकप्टर दुर्घटना: ३ जना घाइतेलाई काठमाडौं ल्याइयो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २२ गते शुक्रबार ०४:२३

संखुवासभामा हेलिकप्टर दुर्घटना गम्भीर घाइते भएका क्याप्टेनसहित ३ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । गम्भीर घाइते भएका ३ जनालाई काठमाडौं पठाइएको र अवस्था सामान्य रहेका २ जनाको भने खाँदीबारीमै उपचार...

संखुवासभामा हेलिकप्टर दुर्घटना गम्भीर घाइते भएका क्याप्टेनसहित ३ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

गम्भीर घाइते भएका ३ जनालाई काठमाडौं पठाइएको र अवस्था सामान्य रहेका २ जनाको भने खाँदीबारीमै उपचार गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भुवनबाबु खड्काले बताए ।

दुर्घटनामा ५ जना घाइते भएका थिए । प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेहरूमा क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे, भविन गुरुङ र विद्युत् प्राधिकरणका कर्मचारी विक्रम गुरुङ छन् ।

उनीहरुलाई नेपाली सेना र नेपाल प्रहरीको टोलीले दुर्घटनास्थलबाट उद्धार गरेको हो ।

प्रकाशित मिति २०८० वैशाख २२ गते शुक्रबार ०४:२३
हजुरको प्रतिक्रिया