२०८३ साउन २१ गते बिहीबार

ढिस्कोले पुरिएर इलाममा ४ भारतीयको मृत्यु

ढिस्कोले पुरिएर इलाममा ४ भारतीयको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २३ गते शनिबार ०८:१८

उनीहरु १८ देखि २० वर्ष उमेर समूहका हुन् ।

इलाम

माटोको डिस्कोले पुरिएर इलाममा चार भारतीय नागरिकको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा शुक्रबार साँझ ढिस्कोले पुरिएर चार जना भारतीयको मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार स्थानीय विनोद श्रेष्ठको घडेरी खार्ने क्रममा झरेको ढिस्कोले भारतको बिहार घर भएका तोसिव आलम, अजि मोदिन, मुजाफर आलम र अब्दुल आलमको मृत्यु भएको हो । उनीहरु १८ देखि २० वर्ष उमेर समूहका हुन् ।

फिक्कलको छिपिटार जोडिने रिङरोड क्षेत्रमा घर बनाउने क्रममा माथिबाट खसेको ढिस्कोमा उनीहरु पुरिएका थिए ।

प्रकाशित मिति २०८० वैशाख २३ गते शनिबार ०८:१८
हजुरको प्रतिक्रिया