२०८३ असोज २४ गते शनिबार

गण्डकीमा प्रादेशिक सडकहरुको गुरुयोजना बनाइँदै

गण्डकीमा प्रादेशिक सडकहरुको गुरुयोजना बनाइँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख ३१ गते आइतबार ०४:३१

प्रादेशिक सडकहरूको गुरुयोजनापछि सडक पूर्वाधार निर्माणको योजना तथा मर्मतसम्भारका लागि सहयोगी हुने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

पोखरा

प्रादेशिक सडकहरूको गुरुयोजनापछि सडक पूर्वाधार निर्माणको योजना तथा मर्मतसम्भारका लागि सहयोगी हुने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।भएको छ ।

प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले मन्त्रालयमा पदभार ग्रहण गरे लगत्तै प्रादेशिक सडक सञ्जालको गुरुयोजना बनाउनका लागि प्राविधिक समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । सो लगत्तै मन्त्रालयले सडकहरुको गुरुयोजनाका लागि तयारी सुरु गरेको छ । प्रादेशिक सडकहरूको गुरुयोजनापछि सडक पूर्वाधार निर्माणको योजना तथा मर्मतसम्भारका लागि सहयोगी हुने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

पूर्वाधार विकास निर्देशनालयका निर्देशक राम पराजुलीको संयोजकत्वमा रहेको समितिले अध्ययन गरेर २ महिनाभित्र गुरुयोजनाको खाका मन्त्रालयमा बुझाउनेछ । समितिमा मन्त्रालयका योजना हेर्ने महानिर्देशक तथा जिल्लास्थित पूर्वाधार विकास कार्यालयका प्रमुखहरू सदस्य रहने मन्त्रालयका सचिव इन्जिनियर तुलसीराम भट्टराईले बताए ।

प्रादेशिक सडकहरूलाई व्यवस्थित गर्नका लागि गुरुयोजना बनाउन लागिएको सचिव भट्टराईले जनाए । सडक निर्माण, मर्मत, सुधार, स्तरोन्नति तथा यातायातको पहुँचको अवस्था र पुनर्निर्माण गर्नुपर्ने सडकको माग सङ्कलन, सडक यातायातसँग सम्बन्धित आवश्यक सेवा तथा सुविधाका लागि गुरुयोजनाले सहयोग पुग्ने बताइन्छ ।

प्रकाशित मिति २०८० वैशाख ३१ गते आइतबार ०४:३१
हजुरको प्रतिक्रिया