२०८३ साउन २१ गते बिहीबार

नगर बसले ठक्कर दिँदा एकजनाको मृत्यु

नगर बसले ठक्कर दिँदा एकजनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ ४ गते बिहीबार ०७:३०

मृत्यु हुनेमा पोखरा महानगरपालिका २५ हेमजाका ४६ वर्षीया तुलसीप्रसाद तिवारी छन् ।

पोखरा

पोखरामा बिहीबार नगर बसले ठक्कर दिँदा स्कुटरमा सवार एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका २५ हेमजाका ४६ वर्षीया तुलसीप्रसाद तिवारी छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकका अनुसार छोरेपाटनबाट विश्व शान्ति स्तुपतर्फ जाँदै गरेको ग १ ख ३२८७ नम्बरको नगरबसले ग २३ प ३६८६ नम्बरको स्कुटरलाई स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा सोही स्कुटरमा सवार हेमजाकै २२ वर्षीय शिशिर त्रिपाठी घाइते भएका छन् । खुट्टा र टाउकोमा चोट लागेका त्रिपाठीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति २०८० जेठ ४ गते बिहीबार ०७:३०
हजुरको प्रतिक्रिया