२०८३ साउन २१ गते बिहीबार

राजनीतिक खिचातानीले विद्यार्थीको पढाइमा असर

राजनीतिक खिचातानीले विद्यार्थीको पढाइमा असर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ ८ गते सोमबार ०३:३५

विद्यालयको भौतिक अवस्था राम्रो रहेको र भौगलिक हिसाबले सबैलाई पायक पर्ने भएपनि राजनीतिले विद्यालयको शैक्षिक अवस्था खस्किएको स्थानीयले गुनासो गरेका छन् ।

नवलपुर

नवलपुरको कावासोती नगरपालिका–१० मगरकोटको जनता माविमा राजनीतिक खिचातानीले लामो समयदेखि विद्यालय व्यस्थापन समितिले पूर्णता पाउन सकेको छैन ।

विद्यालयको भौतिक अवस्था राम्रो रहेको र भौगलिक हिसाबले सबैलाई पायक पर्ने भएपनि राजनीतिले विद्यालयको शैक्षिक अवस्था खस्किएको स्थानीयले गुनासो गरेका छन् । समितिले पूर्णता नपाउँदा भर्ना अभियानमै समस्या भएको प्रधानध्यापक मनोजकुमार श्रेष्ठले बताए ।

तत्कालीन अध्यक्ष नारायण तिमिल्सिनाको कार्यकाल सकिएपछि गत फागुन २५ गतेको भेलाले विद्यालय व्यस्थापन समिति गठनका लागि प्रत्यक्ष तर्फबाट ४ जना सदस्य चयन भएका छन् । अध्यक्षमा आकांक्षीहरु बढी भएपछि २ जना मनोनीत गर्ने सदस्य मनोनयनमा समस्या भएको छ । स्रोतका अनुसार अध्यक्षका लागि नेकपा एमालेबाट निवर्तमान अध्यक्ष नारायण तिमिल्सिना, सीता पंगेनी र नेपाली कांग्रेसबाट कृष्ण अधिकारी आकांक्षी छन् ।

निर्वतमान अध्यक्ष तिमिल्सिना पुन दोहोरिन चाहेका छन् भने नेकपा एमालेबाटै पगेंनी समेत अकांक्षी भएपछि समितिलाई पूर्णता दिन सकस भएको हो ।

प्रकाशित मिति २०८० जेठ ८ गते सोमबार ०३:३५
हजुरको प्रतिक्रिया