२०८३ असोज २३ गते शुक्रबार

अबको बजेट जनता केन्द्रीत हुनेछ: आर्थिक मामिलामन्त्री आले

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ १० गते बुधबार ११:२४

उनले भने, 'मैले सिस्टम अनुसार बजेट ल्याउँछु, मनलाग्दी गरेर बजेट ल्याउँदैनौं, सम्बन्धित व्यक्ति, मन्त्रालयसंग छलफल गरेर ल्याउँछु ।' 

पोखरा

गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले गण्डकीको यस वर्षको बजेट विवादरहित आउने दाबी गरेका छन् ।

पब्लिक टेलिभिजनको कार्यक्रम द भ्यूमा बोल्दै जनताको चाहना र जनताको आवश्यकताअनुसार बजेटको कार्यक्रम ल्याइनुपर्ने बताए । उनले भने, ‘मैले सिस्टम अनुसार बजेट ल्याउँछु, मनलाग्दी गरेर बजेट ल्याउँदैनौं, सम्बन्धित व्यक्ति, मन्त्रालयसंग छलफल गरेर ल्याउँछु ।’

जनताको प्राथमिकतालाई केन्द्रबिन्दुमा राखेर गण्डकी प्रदेशको बजेट ल्याउने तयारीमा रहेको मन्त्री आलेले जनाए ।

प्रकाशित मिति २०८० जेठ १० गते बुधबार ११:२४
हजुरको प्रतिक्रिया