२०८३ कात्तिक १० गते सोमबार

जापानमा ६.२ म्याग्नीच्युडको भूकम्प

जापानमा ६.२ म्याग्नीच्युडको भूकम्प

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक २२ गते शनिबार ०३:०९

एजेन्सी । जापानमा ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ । शनिबार (आज) राजधानी टोकियोदेखि झण्डै ६०० माइल दक्षिणपूर्वी क्षेत्रमा पर्ने चिचिजिमालाई केन्द्रविन्दू बनाएर भूकम्प गएको हो । भूकम्पका कारण मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त...

एजेन्सी । जापानमा ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ । शनिबार (आज) राजधानी टोकियोदेखि झण्डै ६०० माइल दक्षिणपूर्वी क्षेत्रमा पर्ने चिचिजिमालाई केन्द्रविन्दू बनाएर भूकम्प गएको हो ।

भूकम्पका कारण मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भइनसकेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

जापानको भूगर्भ विभागले दिएको जानकारी अनुसार झण्डै दश किलोमिटर गहिराइबाट कम्पन भएको थियो । विभागका अधिकारीहरुले भूकम्पपछि आँधीको खतरा भने नरहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति २०७७ कात्तिक २२ गते शनिबार ०३:०९
हजुरको प्रतिक्रिया