२०८३ असोज २४ गते शनिबार

नागरिकता विधेयक प्रमाणीकरण विरुद्धको रिटमा आज सुनुवाइ

नागरिकता विधेयक प्रमाणीकरण विरुद्धको रिटमा आज सुनुवाइ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ २१ गते आइतबार ०८:५२

विधेयकलाई कानुनको अंग नबनाउन र प्रमाणीकरण असंवैधानिक भएकाले लागू नगर्न–नगराउन अन्तरिम आदेश माग ।

काठमाडौं

राष्ट्रपतिले नागरिक विधेयक प्रमाणीकरण कानुन विपरीत भएको भन्दै सर्वोच्च अदातलमा परेको रिटमा आज सुनवाइ हुँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविपरीत नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेलेगत शुक्रबार रिट दायर गरेका हुन् ।

राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयकलाई कानुनको अंग नबनाउन र प्रमाणीकरण असंवैधानिक भएकाले लागू नगर्न–नगराउन अन्तरिम आदेश माग गरिएको छ । संशोधित नागरिकता ऐनअनुसार नागरिकता वितरण गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन समेत दिएको छ ।

 

प्रकाशित मिति २०८० जेठ २१ गते आइतबार ०८:५२
हजुरको प्रतिक्रिया