२०८३ असोज २४ गते शनिबार

फेवातालमा छाडियो ७ हजार शहर माछाको भुरा

फेवातालमा छाडियो ७ हजार शहर माछाको भुरा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ २२ गते सोमबार ०५:४३

 हाल सहर माछा प्रतिकिलो १२ सय रुपैयाँ खरिदबिक्रि हुन्छ ।

पोखरा

विश्व वातावरण दिवसरको अवसरमा हर्पन फेवा मत्स्य सहकारी संस्था लिमिटेडले ७ हजार वटा शहर माछाको भुरा फेवातालमा छाडेको छ ।

फेवातालमा माछा मार्ने जलारी समुदाय संगठित भएर स्थापित सहकारीले सोमबार शहर माछा छाडेको हो । विभिन्न व्यक्तिको सहयोगमा बेगनास मत्सय अनुसन्धान केन्द्रमा रहेको सहरको भुरा माछालाई खरिद गरि तालमा छाडिएको हो ।

सहकारीका अध्यक्ष सोम जलारीले रैथाने माछा कम भएको अवस्थामा शहर माछा छाडिनुले जलारी समुदायका लागि सहयोग पुगेको बताए ।

हाल सहर माछा प्रतिकिलो १२ सय रुपैयाँमा खरिदबिक्रि हुन्छ । फेवातालमा उत्पादन हुने माछाको संख्या वर्षेनी घट्दो अवस्थामा छ । कास्कीमा वार्षिक ५ सय टन माछा उत्पादन हुने गरेको छ तर माछाको माग भने दोब्बर छ ।

फेवातालमा शहर, कत्ले, रेवा, फगटे, बामलगायत १० थरी रैथाने माछा पाइन्छ । तर पछिल्लो क्रममा तिलापिया, सिसा, बिगहेड, अफ्रिकन मांगुर लगायतका विदेशी माछाको संख्या बढी छ भने रैथाने माछा लोप हुने अवस्थामा छ ।

प्रकाशित मिति २०८० जेठ २२ गते सोमबार ०५:४३
हजुरको प्रतिक्रिया