२०८३ साउन २१ गते बिहीबार

फेवा सिमसार क्षेत्रको अनधिकृत संरचनामा महानगरकाे डोजर

फेवा सिमसार क्षेत्रको अनधिकृत संरचनामा महानगरकाे डोजर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ ३० गते मंगलबार ०३:११

पछिल्लो एक वर्षमा मात्रै सय रोपनीभन्दा बढी सिमसार प्लटिङ गरेर घडेरी बनाइएको छ ।

पोखरा
पोखरा महानगरपालिकाले फेवातालको सिमसार क्षेत्रमा अनधिकृत रुपमा बनिरहेको संरचनामाथि डोजर चलाएको छ । सिमसार पुरेर व्यवसायी देवेन्द्र केसीले बनाएको संरचनामाथि महानगरले डोजर चलाएको हो ।

केसीले महानगरबाट कृषि प्रयोजनका लागि अनुमति लिएर आवासीय संरचना खडा गरेका थिए ।

कृषि प्रयोजनमा प्रयोग गर्न भन्दै २ दिनका लागि महानगरदेखि अनुमति लिए पनि अनधिकृत रुपमा सिमसार क्षेत्र पुरेका थिए ।

विश्व रामसार सूचिकृत फेवा सिमसार क्षेत्र पछिल्लो एक वर्षयता उल्लेख्य रुपमा पुर्ने काम बढेर गएको छ ।

जग्गा व्यवसायीले प्रति जग्गा ४ देखि ५ लाख रुपैयाँसम्म लिएर सिमसार पुर्ने काम गरिरहेका छन् ।

उनीहरूले आफूले स्थानीयकै आग्रहमा जग्गा पुर्दै आएको र आफूले पुरेको क्षेत्र सिमसारमा नपर्ने बताउँदै आएका छन् ।

महानगरका अनुसार अनुमतिबेगर सिमसार क्षेत्रमा बनाएका सबै घडेरी संरचना भत्काउने तयारी गरेको हो ।

‘अहिले व्यवसायी केसीको घडेरी संरचना भत्काउँछौं । त्यसबाहेक यही वर्ष बनेका नयाँ संरचना सबै भत्काउँछौं,’ मेयर धनराज आचार्यका प्रेस संयोजक भीम थापाले भने ।

पोखरा महानगरले भू–उपयोग नीति ०७९ अनुसार जग्गा वर्गीकरण गर्दा फेवा सिमसार क्षेत्रको अधिकांश भाग आवासीय क्षेत्र तोकेको छ ।

महानगरले नै जग्गा वर्गीकरण गर्दा आवासीय बनाएकाले आफूले जग्गा सम्याएको निर्माण व्यवसायी बताउँछन् ।

पछिल्लो एक वर्षमा मात्रै सय रोपनीभन्दा बढी सिमसार प्लटिङ गरेर घडेरी बनाइएको छ ।

सिमसार पुर्ने काम अत्याधिक भएपछि अधिवक्ता मनोज घर्तीमगरले उच्च अदालत पोखरामा रिट दाएर गरेका थिए ।

उच्च अदालतले फेवाको चार किल्ला सीमांकनभित्र आवास निषेधित क्षेत्र तोक्न र सिमसार पुर्ने काम रोक्न अन्तरिम आदेश जारी गरेको छ ।

 

 

No description available.

प्रकाशित मिति २०८० जेठ ३० गते मंगलबार ०३:११
हजुरको प्रतिक्रिया