पोखरा
नेपाल सरकारले भारतबाट ल्याएको मुर्रा राँगा पोखरा ल्याउन पहल गरिने भएको छ ।
पोखरा १३ औं नगरसभामा आर्थिक वर्ष ०८०-८१ को सार्वजनिक नीति तथा कार्यक्रममा कम्तिमा ५ वटा मुर्रा राँगा पोखरा ल्याउन पहल गरिने उल्लेख छ ।
मेयर धनराज आचार्यले मुर्रा राँगालाई पोखरास्थित पशुप्रजनन केन्द्रमा ल्याउन पहल गरि नस्ल सुधार सहित भैँसी पालन व्यवसायलाई प्रोत्साहन र प्रवद्र्धन गरिने बताए ।
कृषकको वर्गीकरण गरी किसान परिचयपत्र मार्फत् नयूनतम अनुदान ग्यारेन्टी गर्ने पोखरा महानगरले जनाएको छ ।
मेयर आचार्यले भने,’ सबै कृषकहरुको पहुँच र पहिचान, व्यवसायिक कृषकहरुको संरक्षण र सम्मान भन्ने नाराका साथ कृषकको वर्गीकरण गरी किसान परिचयपत्र मार्फत् न्यूनतम अनुदानको ग्यारेन्टी गरिनेछ’ ।

यस्तै पोखरा महानगरभित्र पशुपन्छीका लाग्ने रोगहरुको निवारणका निवराणका लागि आधारभूत सेवा, खोप तथा औषधी निःशुल्क उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
यता बंगुर व्यवसायलाई अफ्रिकन स्वाइयन फीभरले पारेको असर न्यूनीकरणको लागि राहत तथा पुनस्र्थापना प्याकेज कार्यक्रम गरि पशु स्वास्थ्य बिमाको सचेतना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
महानगरमा क्षेत्रमा छाडा पशुहरुको उचित व्यवस्थापन गर्न व्यवस्थित गौशालाको निर्माण गरिनेछ भने छाडा पशुचौपायाको नियन्त्रणका लागि एनिमल रेस्क्यु भेइकल संचालनमा ल्याइने बताइएको छ ।
प्रकाशित मिति २०८० असार १० गते आइतबार ०५:३०




