२०८३ साउन २१ गते बिहीबार

मादीको बजेट ८८ करोड ८२ लाख रुपैयाँ

मादीको बजेट ८८ करोड ८२ लाख रुपैयाँ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार १० गते आइतबार १०:०९

कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि ८८ करोड ८२ लाख ४ हजार रुपैयाँको बजेट ल्याएको छ ।

पोखरा

कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि ८८ करोड ८२ लाख ४ हजार रुपैयाँको बजेट ल्याएको छ । उपाध्यक्ष कल्पना गुरुङले आइतबार १३ औं गाउँ सभामा चालुतर्फ ६१ करोड ८७ लाख रुपैयाँ र पुँजीगतर्फ २६ करोड ९४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।

आर्थिक विकासतर्फ ६ करोड ३० लाख ५८ हजार, सामाजिक विकासतर्फ ४९ करोड ९९ लाख १५ हजार, पूर्वाधार विकासतर्फ १७ करोड ४१ लाख १५ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १ लाख २७ लाख ९५ हजार, सुशासन तथा संस्थागत विकासतर्फ १३ करोड ८३ लाख २१ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

 

प्रकाशित मिति २०८० असार १० गते आइतबार १०:०९
हजुरको प्रतिक्रिया